Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रका घर्ती निर्वाचित

काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुनीराज घर्ती निर्वाचित भएका छन् ।

उनी ३ हजार ९१३ मतहित विजयी भएका हुन् । नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत र एमालेका बागलाल बुढाले १ हजार ८५२ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077