Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा रेनु दाहाल फेरि अगाडि, ३ मतले पछि परे सुवेदी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल पुनः अगाडि लागेकी छिन् ।

यसअघि एमाले उम्मेदवार विजय सुवेदीसँग पछाडि परेकी रेणु पछिल्लो परिणामअनुसार ३ मतले अग्रता लिएकी हुन् ।

१० हजार २०६ मत गणना हुँदा मेयरका उम्मेदवार दाहालले ३५७८ र सुवेदीले ३५७५ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन्।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २८१६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077