Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

धनौजीमा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

जनकपुरधाम । धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

धनुषाको धनौजी गाउँपालिका स्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानीयहरुको विरोधमा मतगणना स्थगित भएकाे हो।

धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगन भएकाे हो।

स्थानीयबासीले मतपेटिका परिवर्तन गरेको भन्दै विरोध गरिरहेका छन्।

मतगणना स्थल अहिले तनावग्रस्त अवस्था रहेको छ भने मतदान अधिकृतविरुद्ध नाराजावी र प्रदर्शन भैरहेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077