Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : वीरगन्ज महानगरमा जसपाको पहिलो जित

काठमाडाैँ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिलाे जित हासिल गरेकाे छ ।

मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा जसपाले जितको पहिलो खाता खोलेको हाे ।

महानगरको जारी मतगणनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया विजयी भएका छन्।

मिया वडा अध्यक्षमा विजयी भएसंगै महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो।

वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याउनु भएको हो। उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077