Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा, फेरि रेनुले बढाइन् अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता बढाएकी छन्। यसअघि १२ मतको अग्रता लिएकी रेणुले अहिले १७ मतको अग्रता बनाएकी छन्।

१५ हजार ४३२ मत गणना हुँदा रेणुले ५ हजार १६५ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार १४८ प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077