Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर, रेनु ३० मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

१७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि छिन् । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याए ।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा-एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077