Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ। जसमा हमालले ६ हजार ५९६ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन्। हमाल र वडबीच ३ हजार २४२ मतको अन्तर रहेको छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077