Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुर मतगणना : रेणु ३ सय ११ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले विजय सुवेदीसँगको मतान्तर बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार जम्मा १९ हजार ५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छिन्।

दाहालले छ हजार ६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले छ हजार २९१ मत प्राप्त गरेका छन्।

स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार २६ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङ‍ले पाँच हजार २५३ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077