Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुरमा ३५५ मतान्तारले रेनु दाहालको अग्रता

भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन तर्फकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन् ।

२१ हजार ७५४ मत गणना हुँदा रेनु दाहालले ७ हजार ४२३ मत प्राप्त गरेकी छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । दाहालले सुवेदीको भन्दा ३५५ मत बढी पाएकी हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाएर अग्रता कायम राखेका छन् ।

राप्रपाकी  उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077