Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायमै, दोब्बर बढी मतले अगाडि

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना २३ हजार २२३ भएको छ ।

बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १० हजार ८२५ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् ।

हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ । धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077