Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर महानगरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं । ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

उनी एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा दोब्बर मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार २१ हजार ४२७ मत गणना हुँदा महर्जनले ११ हजार ९२० पाउँदा एमालेका ब्यञ्जनकारले ५ हजार ५७० मत पाए ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्यले अग्रता कायम जारी राखेकी छिन् ।

उनले ५ हजार ९८३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार रहेका माओवादीका बाबुराजा महर्जनले ४ हजार ५६६ मत ल्याए । मतगणना अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077