Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगर अपडेट : रेनु २ हजार ५८ मतले अगाडि, कसको मत कति ?

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

उनी २ हजार ५८ मतान्तरले अगाडि छिन् । हालसम्म ३० हजार ७४८ मत गणना हुँदा माओवादीकी रेनुले ११ हजार २८८ मत पाएकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत पाएका छन् ।

भुइँकटहर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077