Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता कायमै, सुवेदी झन्डै २२ सय मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता लिएकी छन् ।

जसअनुसार दाहालले ११ हजार ७१६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ५१८ मत ल्याएर पछ्याइरहेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पाँच हजार १४७ मत ल्याएका छन् ।

अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077