Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगर : गोपाल हमाल ८ हजार २९२ मतले अगाडि

कैलाली । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउन्दै गएका छन् । पछिल्लो मतपरिणामअनुसार ३५ हजार ८९४ मत गन्दा हमालले १६ हजार ४१५ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ८ हजार १२३ मतसहित हमाललाई पछ्याइरहेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ३ हजार ७७४ मत ल्याएर तेस्रो स्थानमा छन् । हमाल ८ हजार २९२ मतसहित अग्रस्थानमा छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077