Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतीय कलाकार तथा नेता नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय

एजेन्सी । भारतको सर्वोच्च अदालतले ‘रोड रेज’को तीन दशक पुरानो मुद्दामा भारतीय कांग्रेसका नेता, कलाकार तथा पूर्व क्रिकेटर नवोजोत सिंह सिद्धुलाई एक वर्ष कैद सजाय सुनाएको छ।

पिडित परिवारले उच्च अदालतमा २०१८ मा सिद्धुविरुद्ध मुद्दा दायर गरेको थियो । उनलाई यो मुद्दाबाट छुटकारा दिने फैसलाको विरुद्धमा सिद्धुविरुद्ध अपिल दायर गरिएको थियो ।

सडक यात्राका क्रममा व्यक्ति हत्याको मुद्दामा सर्वोच्चले नवजोत सिंहलाई एक वर्षको जेल सजाय तोकेको बीबीसी हिन्दीले जनाएको छ । सन् १९८८ मा सिद्धुले एक व्यक्तिलाई कुटपिट गरेर हत्या गरेको भन्दै मुद्दा परेको थियो । त्यसको एक वर्षपछि पन्जाब–हरियाणा उच्च अदालतले सिद्धूलाई तीन वर्षको कैद सजाय सुनाएको थियो ।

तर उच्च अदालतको फैसलाविरुद्ध सिद्धूले सन् २०१८ मा सर्वोच्च अदालतमा निवेदन दिएपछि सर्वोच्च अदालतले सिद्धुलाई एक हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । तर पीडितका परिवारले पुनः सर्वोच्चमा फैसला पुनरावलोकनको निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077