Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिटबाट एक जनाको मृत्यु, पाँच पक्राउ

काठमाडौं । भलिबल खेल्ने क्रममा कुटपिट गर्दा जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–९ धडगाँडका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा गएराति १२ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जुनिचाँदे गाउँपालिका–९ का २५ वर्षीय नरेन्द्र बस्नेत, २० वर्षीय जनक बस्नेत, २० वर्षीय प्रेमबहादुर बस्नेत, १७ वर्षीय रवीन बस्नेत र ३० वर्षीय शिव बस्नेत रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077