Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

काठमाडौं । मोरङमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

को २ च १४३७ नम्बरको ट्याक्टर पल्टँदा भएका घाइतेको विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077