Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा ४५ हजार ७६२ मत गणना, रेनु ३ हजार २६४ मतले अगाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् ।

उनले १७ हजार २९० मत प्राप्त गर्दा विजय सुवेदीले १४ हजार २६ मत पाएका छन् । रेनु र विजयको मतान्तर ३ हजार २६४ को छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन्। अहिले वडा नम्बर १० र ११ को मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077