Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा ५३ हजार ३४६ मत गणना, रेनु दाहाललाई ३ हजार ३०७ मतको अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ५३ हजार ३४६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३०७ मतको अन्तर बनाएकी हुन् ।
रेनुले २० हजार २२४ मत पाएकी छन् ।

एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत ल्याए । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077