Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीबाट नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया भारतको नयाँदिल्ली हुँदै शुक्रबार नेपाल आउँदै छिन् ।

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो ।

नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको हो ।

उपमन्त्री जिया मंगलबार नयाँदिल्ली उत्रिएकी थिइन् । उनले बुधबार हिमाचल प्रदेशको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077