Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तनहुँका ९ पालिकामा कांग्रेस र एमाले चार/चार, एकमा माओवादी

तनहुँ । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार-चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् ।

यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ ।

कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् ।

बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका हुन् ।

एमालेबाट घिरिङ गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिका अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र थापाले जित हासिल गरेका छन् ।

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगर उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिका उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् ।

यसैबीच जिल्लाका ८५ वडामध्ये हालसम्म ७४ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ३८ वडामा जित हासिल गरेको छ । एमालेले २६ र माओवादी केन्द्रले छ वडा जितेका छन् । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका हुन् । व्यास नगरका १४ मध्ये ११ वडाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077