Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढी उपमहानगरमा ४३ हजार मत गणना, गोपाल हमालले कटाए साढे १९ हजार मत

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

दिउसो २ बजे सार्वजनिक गरिएको विवरणअनुसार ४३ हजार १२३ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६२१ मत ल्याए ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७११ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ९५९ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार २८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २६४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077