Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बढुवा भएका एआईजी लामाले लगाए फुली

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

शुक्रबारको मन्त्रिपरिषदको निर्णयबाट एआईजीपमा बढुवा भए लगत्तै प्रहरी प्रधान कार्यालयले लामालाई एआईजीको दर्ज्यानी चिह्न प्रदान गरेको हो ।

लामालाई आईजी धीरजप्रताप सिंह र एआईजी सहकुलबहादुर थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उनलाई एआईजीमा बढुवाका लागि केही दिन अघिमात्रै सिफारिस गरिएको थियो ।

लामा भोलि शनिबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । दर्ज्यानी चिह्न प्रदान समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077