Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका असईले हवल्दार कुटे

रौतहट । वीरगन्जको विपद् व्यवस्थापनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमलेश यादवले ट्राफिक प्रहरीका सहायक हवल्दार राजकिशोर यादव र उनका भाइ सिकन्दर यादवलाई कुटपिट गरेका छन् ।

कुटपिटबाट दुवैजना घाइते छन् । बारास्थित आदर्श कोतवाल गाउँपालिकामा मतगणनामा खटिएको असई यादव पेस्तोल बोकेर बिना जानकारी रौतहट आएका हुन् ।

घट्नापछि असई यादव भागेर कार्यरत स्थान बारामा हाजिर भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गौरमा अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको मौलापुर नगरपालिका ८ स्थित सोनरियामा मोटरसाइकल समातेको विषयलाई लिएर बाराको आदर्श कोतवाल गाउँपालिकास्थित च्यूटामा स्थानीय तहको निर्वाचनको मतगणनामा खटिएका प्रसनी यादव संगठनलाई जानकारी नदिई रौतहट आई हवल्दार र उनका भाई माथि आक्रण गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077