Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुमा चिरिबाबु महर्जनको अग्रता कायमै, ९ हजार ९६९ मतले अगाडि

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ४५ हजार ९०२ मत गणना हुँदा महर्जनले २३ हजार ५२० मत ल्याए । एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार ५५१ मत ल्याउँदा का साथ अग्रस्थानमा छन् ।

चिरिबाबु महर्जनले ९ हजार ९६९ मतअन्तर कायम गरेका हुन् । उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छन्।

उनले १३ हजार ४०१ मत ल्याएकी छन् भने गठबन्धनका उम्मेदवार बाबुराज बज्राचार्यले ९ हजार ३५८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077