Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा हावाहुरीका कारण रुख ढल्दा तीनको मृत्यु

काठमाडौं । चितवनमा हावाहुरीका कारण रुख ढल्दा तीन जनाको मृत्यु भएको छ ।

भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी भरतपुर–१ बसिनेमा पनि रुखले म्याजिक च्यापिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको सनाखत हुन भने बाँकी छ । शुक्रबार साँझ चितवनमा तीव्र गतिमा हावाहुरी चल्दा जनजीवन प्रभावित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077