Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धनगढी उपमहानगरमा गोपाल हमालको मतान्तर फराकिलो बन्दै, १० हजार ४७३ मतको अग्रता

कैलाली । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ४७३ मतको अग्रता लिएका छन्।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४६ हजार ५६ मत गन्दा हमालले २० हजार ७७५ मत पाएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १० हजार ३०२ मतसहित हमाललाई पछ्याइरहेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ५ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा टक्कर भइरहेको छ।

अधिकारीले ९ हजार ६४० मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी रानाले ९ हजार २०९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ५७१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077