Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा भन्छन्-'गठबन्धन दलले कांग्रेसले भोट नहालेर चुनाव हार्‍यौँ भन्न मिल्दैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा भोट हाल्न आग्रह गरेपनि सबै मतदाताले त्यसरी मतदान नगर्नु स्वभाविक टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले काठमाडौँ, ललितपुरसहित केही ठाउँमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेसले भोट हालेन भनेर गरेको गुनासोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । सत्ता गठबन्धन दलले कांग्रेसले भोट नहालेर चुनाव हार्‍यौँ भन्न नमिल्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धन दलबीच चुनावी तालमेल हुँदा कतिपय ठाउँमा एकले अर्कोलाई मतदान नगरेको जस्तो देखिएपनि त्यो स्वभाविक भएको टिप्पणी गरे ।

'अहिले झट्ट हेर्दा कांग्रेसलाई गठबन्धनमा गर्दा खेरि अन्य पार्टीले भोट हालेको जस्तो, तर कांग्रेसले चाँहि अन्य पार्टीलाई भोट नहालेको जस्तो देखिएको छ, तर यो स्वभाविक हो,’ उनले भने, ‘मलाई लाग्छ यो त हुने नै थियो । किनकि हाम्रो मतदाता भनेको कम्युनिष्ट पार्टीको जस्तो कार्यकर्तामा आधारित होइन ।'

उनले कांग्रेसले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा मत हाल्न लगाउने कुरा नै जटिल रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077