Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा रेनु दाहालले कटाइन् २७ हजार मत, ५ हजार १८ मतको अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार ६९ हजार ६१२ मत गन्दा रेनु दाहालले २७ हजार ७८ मत पाएकी छन् ।

उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन् । सुवेदीले २२ हजार ६० मत ल्याए । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मत पाएका छन् ।

उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077