Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी ५ हजार १३३ मतले पछि परे

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १ सय ३३ मतले अग्रता कायम राखेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत ल्याइन् । नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाए ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत ल्याए । यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मतका सथ अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७ हजार ३२५ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077