Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले गर्‍यो युक्रेनको मारिउपोल सहर कब्जा

एजेन्सी । रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ ।

युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो ।

५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै मारिउपोल सहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका थिए । मारिउपोल सहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीमा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077