Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरानमा मतान्तर फराकिलो पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, गठबन्धनका राई भन्दा २ हजार ६६७ मतले अगाडि

काठमाडौं । धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीहरूसँगको मतान्तरलाई फराकिलो पार्दै गएका छन्।

पछिल्लो मत परिणाम अनुसार ४७ हजार ९५ मतगणना भएको छ । जसमा साम्पाङले १५ हजार ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवा बनेका नेपाली कांग्रेसका किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन् ।

साम्पाङ राईभन्दा २ हजार ६६७ मतले अगाडि छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077