Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरमा ५७ हजार ४१८ मत गणना, गोपाल हमालले कटाए २५ हजार मत

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गापाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार ५७ हजार ४१८ मत गणना हुँदा हमालले २५ हजार २१ ल्याएका छन् ।

उनी ११ हजार ९७० मतले अगाडि छन् । कांग्रेसका नृपबहादुर वडले १३ हजार ५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ७ हजार ५६१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी कन्दकला राना १२ हजार ९३६ मतसहित अगाडि छिन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी शान्ती अधिकारीले ११ हजार ७०४ मत ल्याएकी छन् ।

उपमेयरका स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६ हजार ३७७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077