Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, ६ हजार ६६६ मतले अगाडि

    भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, ६ हजार ६६६ मतले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 900
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् । ८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् ।



    उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।



    यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ अग्रस्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार