Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा ८८ हजार मत गणना, रेनु सात हजार मतले अगाडि

काठमाडौं । भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

हालसम्म ८८ हजार २८४ मत गन्दा उनको अग्रता ७ हजार ३१४ रहेको छ । पछिल्लो मतपरिणाम अनुसार रेनुले ३४ हजार ६८४ मत प्राप्त गरेकी छन् ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन् ।

उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ र राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077