Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित वर्षा

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जनाएको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको पनि सम्भावना रहेको उल्लेख छ।

देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077