Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा ८९ हजार ४०८ मत गणना : अग्रता बढाउँदै रेनु दाहाल, पछ्याउँदै विजय

काठमाडौं । चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तर कायमै राखेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ८९ हजार ४०८ मत गणना हुँदा दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छन् ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाएकी छन् भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत ल्याए ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि छन् । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077