Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान सम्पन्न अन्तिम मतगणना परिणामअनुसार धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत ल्याएर विजय प्राप्त गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृप बहादुर वडले १४ हजार ८१७ मत ल्याए । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी कन्दकला रानाले १५ हजार ४७९ मत ल्याएर विजयी भइन् । भने नका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077