Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

उनले गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।

‘हामीले सोचे अनुसारको नतिजा नआएको पक्कै हो, यसबारे समीक्षा हुन्छ’, अध्यक्ष नेपालले रातोपाटीसँग भने, ‘तर यही कारण गठबन्धन टुट्दैन ।’

आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघि बढ्ने भन्दै यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077