Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा एक लाख ६ हजार ७३९ मत गणना : रेनु ४२ हजार ९२८ मतसहित अग्रस्थानमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो ताजा मतपरिणाम अनुसार एक लाख ६ हजार ७३९ मतगणना हुँदा दाहालले ४२ हजार ९२८ मत ल्याएर अग्रता फराकिलो बनाएकी हुन् ।

नेकपा एमालेका उमेदवार विजय सुवेदीले ३३ हजार २१४ मत पाए । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार २७१ मत ल्याए ।

यस्तै उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ४३९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २६ हजार ३०४ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077