Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका नवनिर्वाचित गाउँपालिका अध्यक्षद्धारा सपथ ग्रहण

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।

यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो । तर, कानूनले सपथ खुवाउन मिल्ने अवस्था देखिएपछि उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

मोहन्याल गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077