Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं । नाबालिका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मीमा दुई शिक्षकलाई पक्राउ गरेको छ ।

गुल्मीको सत्यवती माध्यमिक विद्यालयमा अध्यनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नाबालिका छात्रालाई आरोपित शिक्षक भट्टराईले गत बर्षको भदौ महिनादेखि र बस्यालले माघदेखि छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077