Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जनको अग्रता कायमै

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यले अग्रता कायम राखेका हुन् । ताजा मतपरिणाम अनुसार महर्जनले ३९ हजार १३१ मत ल्याए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाए । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले २२ हजार ३०९ मत ल्याइन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077