Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त

एजेन्सी । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन् ।

शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन् ।अल्बानिजीले सोमबार राजधानी क्यानबेरामा अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीसमक्ष शपथ लिएका हुन् ।

अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्रीले बेलायती महारानीको प्रतिनिधिका रूपमा रहने गभर्नर जनरलसँग शपथ लिने व्यवस्था छ ।

अल्बानिजीसँगै महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका ४ सांसदले पनि शपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री अल्बानिजी ‘क्वाड’ बैठकमा सहभागी हुन शपथग्रहणलगत्तै जापान गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077