Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा रेनु दाहालको अग्रता फराकिलो, १२ हजार १४० मतले अगाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

ताजा मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेनुलाई पछ्याइरहेका छन् ।

उनीहरूबीच १२ हजार १४० मतान्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाए । यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाकी हिमला गुरूङले ३० हजार ३२६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077