Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा १ लाख २७ हजार ५०८ मत गणना : रेनुलाई साढे १२ हजार मतको अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

ताजा मतपरिणाम अनुसार दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् ।

एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले १२ हजार ४४९ मतले पछाडि छोडेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार फराकिलो मतसहित अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाएका छन् । उनलाई राप्रपाका उम्मेदवार हिमला गुरूङले ३० हजार ६१२ मतसहित पछ्याइरहेकी छन्। हालसम्म एक लाख २७ हजार ५०८ मत गणना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077