Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

    काठमाडौं महानगरमा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन् ।



    काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् ।



    आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार