Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन आयोगको निर्णयविरुद्ध बालेन साहले दायर गरेको रिटमा आज सुनुवाइ हुने

    निर्वाचन आयोगको निर्णयविरुद्ध बालेन साहले दायर गरेको रिटमा आज सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 735
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दायर गरेको निर्वाचन आयोग विरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    साहले आयोगले आफूलाई तोकेको जरिवाना कानुन विपरीत रहेको भन्दै पुस १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।



    निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।



    शाहले निर्वाचन आयोगबाट जरिवाना हुने निर्णयहरू बदर गर्न र अदालतबाट तत्काल आवश्यक र उपयुक्त अन्तरिक आदेश जारी गर्न पनि माग गरेका छन्।

    आयोगले जरिवाना गर्ने र उम्मेदवार बन्न नपाउने गरी गरेको निर्णय यस मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कार्यान्वयन नगर्न र नगराउन संवैधानिक इजलास सञ्चालन नियमावली, २०७२ को नियम १९ बमोजिम तत्काल आवश्यक र उपयुक्त अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।

    रिटमा आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार