Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विद्यार्थीलाई ‘सेक्स’ प्रस्ताव राख्ने सेन्ट लरेन्स स्कुलका शिक्षक पक्राउ

    विद्यार्थीलाई ‘सेक्स’ प्रस्ताव राख्ने सेन्ट लरेन्स स्कुलका शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । विद्यार्थीलाई ‘सेक्स’ प्रस्ताव राख्नेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक जनक अधिकारी रहेका छन् ।

    ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका कोअर्डिनेटर समेतसमेत रहेका सामाजिक शिक्षक अधिकारीलाई पक्राउ गरिएको हो ।



    अधिकारीलाई म्याद थपका लागि अदालतसामु उपस्थित गराउने तयारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।



    मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् ।

    शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार