Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यो मेरो अन्तिम कार्यकाल हो,आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु : रेनु दाहाल

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

मंगलबार सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077